ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ

कार्यक्रमहरु

एक जिल्ला एक उत्पादन
२००६ मा, नेपाल सरकारले "एक गाउँ एक उत्पादन" (OVOP) सुरु गरेको थियो र २०१२ मा "एक जिल्ला एक उत्पादन" (ODOP) सुरु गरेको थियो जुन हाल सन्चालनमा छ । ODOP को मुख्य लक्ष्य नेपालको हरेक जिल्लामा विशिष्ट स्रोतको प्रचार र उत्पादन बढाउने हो जसले गर्दा नागरिकहरुलाई रोजगारी मिल्नुका साथै स्थानीय उत्पादन र व्यावसायीकरणमा बृद्धि हुन्छ । पछील्लो दुई बर्षमा, राष्ट्रिय सहकारी संघ (NCF) संगको सहयोगमा LDMPCU ले दूधलाई उत्पादनको रूपमा स्वीकृत गरेको छ र दूध उत्पादन ललितपुरमा ODOP कार्यक्रमको निरन्तर उत्पादन रहेको छ । परिणामस्वरूप, LDMPCU दूध क्षेत्रमा नेपालको पहिलो दूध उत्पादनको सहकारी ब्रान्ड हुने भएको छ । यो परियोजनाको प्राथमिक लाभ दूध उत्पादकलाई हुनेछ किनकि उनिहरु सहकारी ब्रान्डको मार्केटिङ प्रक्रियामा संलग्न हुन्छन र उनिहरुलाई ललितपुर जिल्लामा दुग्ध उत्पादन स्थानीयकरण गरेबापत आर्थिक लाभ पनि हुनेछ ।

चिलिङ्ग केन्द्रहरु
LDMPCU ले बुखेल, साखु, गोटिखेल्, गिम्दी र चन्दनपुर गरी ५ चिलिङ्ग केन्द्रहरु मनिटर र सन्चालन गर्दै आएको छ । यी चिलिङ्ग केन्द्रहरुले फार्ममा उत्पादित कच्चा दूधका लागि स्वचालित शीतलन प्रणाली प्रयोग गर्छन । ललितपुर जिल्ला विकास समिति, नेपाल सहकारी विभाग, र पशुधन विभागको सहयोगमा LDMPCU यी ५ चिलिङ्ग केन्द्र बनाउन सक्षम भएका हुन । दक्षिण ललितपुर पनि धेरै दूध सहकारी छन जसले भैंसीको दूध उत्पादन गरी सेवा दिदै आएका छन । २००५ मा, त्यस ठाँउमा राम्रो सडकका साथै बिजुलीको पनि अभाव थियो । दक्षिण ललितपुर सहकारीले भोगिरहेको मुख्य समस्या उनिहरुले कच्चा दूध प्रशोधनका लागि पठाउनु पर्ने हुन्छ तर प्रक्रिया केन्द्र काठमाडौं उपत्यका आवस्थित छ । जब राम्रो सडक र बिजुलीको सुबिधा भयो, LDMPCU ५ चिलिङ्ग केन्द्र बनाउन सक्षम भयो जसका कारण प्रक्रियाको लागि काठमाडौं यात्रा गर्ने समयमा दूध चिसो राख्न सकिन्थ्यो । यी चिलिङ्ग केन्द्रहरुको सहयोगमा LDMPCU अन्तर्गत सहकारी दूध उत्पादन बढाउन, दूध गुणस्तर बढाउन साथै दूधको मूल्य वृद्धि गर्न सक्षम छन । मुख्य सफलता यी चिलिङ्ग केन्द्र दक्षिण ललितपुरमा आउनु हो जहाँ दूध उत्पादन तिनिहरुको मुख्य कार्य रहेको छ । यी ५ चिलिङ्ग केन्द्रको प्रयोगमा बढी राजस्व सिधा शहरबाट गाउँमा ल्याइन्छ ।

Agriterra कौशल विकास
LDMPCU को साझेदार को रूपमा, Agriterra ले संगठनको पूर्ण संरचना निर्मण र संगठनको प्रमुख लक्षित पक्षमा ध्यान केन्द्रीत रही सुविधा दिदै आएको छ । यो विश्लेषण मार्फत Agriterra ले LDMPCU को सदस्य को लागि वित्तीय व्यवस्थापन, स्वच्छ दूध उत्पादन, सहकारी व्यवस्थापन र संगठन सुदृढ बारे कार्यक्रम र तालीम कार्यान्वयन गरेका थिए । सहकारी सदस्यको व्यावसायिकतामा ध्यान दिदै Agriterra ले फार्ममा भैंसी को संख्या वृद्धि गर्न साथै तिनीहरूलाई विस्तार गर्ने योजना बनएको छ ।

प्लास्टिक हटाउने
२०१५ म, जिल्ला पशुधन कार्यालय, ललितपुर जिल्ला विकास समिति, र राष्ट्रीय विकास बोर्ड संग सहयोग मा LDMPCU ले दूध संकलन र यातायात क्षेत्रको लागि प्लास्टिक हटाउने पहल सुरु गरेको थियो । यो तीन वर्ष पहलले दूध उत्पादन र यातायात प्रक्रियामा प्लास्टिक जार, बाल्टिन, र प्लास्टिक ड्रम सबै जस्ता प्लास्टिक हटाउने उद्देश्य राखेको छ । प्लस्टिकको सट्टा दूध उत्पादनको लागि स्टील र एल्युमिनियम प्रयोग गरिने छ । नेपालको दूध उत्पादन क्षेत्र मा दूध सहकारी मार्फत प्लास्टिक हटाउने कार्यक्रम सिर्जना गर्ने ललितपुर पहिलो जिल्ला हो र यो नेपालकै एक मोडेल कार्यक्रमको बनेको छ । परियोजनाको निस्कर्स पछि, दूध उत्पादन, सङ्कलन र यातायात को प्रक्रियामा प्लास्टिकको प्रयोग पूर्ण रुपमा हटाइनेछ । LDMPCU ले उत्पादन देखि उपभोक्तासम्म स्वच्छ दूध प्रदान गर्न सक्छन् भनेर गुणस्तर अनुगमन नियमित रुपमा गराउने छ ।

Nepali

LDMPCU is proud to be affiliated with:


Lalitpur District Milk Producers Co-operative Union Ltd. (LDMPCU)

Chapagaun, Lalitpur, Nepal
Tel. No.: +977-01-5265157
Email: lalitpurdmpcu@gmail.com

social facebook box blueYouTube-logo-full color