ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ

दुग्ध सहकारीमा आवद्ध सदस्यहरुसंगको एक अध्ययन

बाग्मती गाउँपालिका भट्टेडाँडा वडा नम्वर ३ स्थित भैँसे दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड ललितपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेको छ । उक्त संस्था संघको कार्यालय चापागाँउबाट दक्षिण तर्फको मोटरबाटा हुदै करिब १ घण्टाको दुरीमा रहेको छ । संंस्था बि.सं. २०५५ सालमा स्थापित भएको र २५ जना शेयर सदस्यहरु रहेका छन । दूग्ध सहकारी संस्थाको स्थापनाले समुदायको किसान सदस्यहरुलाई धेरै फाइदा पुगेको र लाभदायक रहेको किसानहरु बताउछन । संस्थाका सदस्य मध्येका सावित्री, कृष्ण प्रसाद, भुमिनन्द, राधिका तुलसी र ज्ञानेन्द्र सबै कृषि पेशामा आवद्ध छन् । यी सबै संग सहकारीको बारेमा कुरा गरीसकेपछि सबैले सहकारीमा आवद्ध हुनुपूर्व र सहकारीमा आवद्ध भएपछि धेरै कुरामा सहयोग र सम्भावना रहेको बताउनुभयो ।
बिगतका दिनहरुमा सहकारीको सुरुवात हुनुपूर्व दुध संकलन गरी बजारमा बिक्री गर्न विभिन्न समस्या र चुनौतीहरु उत्पन्न हुन्थे । एक जना किसानले उत्पादन गरेको दुध बजारसम्म पुर्याउन र बिक्री गर्न सम्भव थिएन । दुध संकलन गरे पनि भरिया लगाएर करिब २ घण्टाको बाटो बोकेर लानुपर्ने कठिन समस्या थियो । साथै समय समयमा हुने दुध बन्दले किसानले उत्पादन गरेको दुध बिक्री नहुँदा किसान चिन्तामा थिए । दुध सहकारी संघले गाउँगाउँमा चिस्यान केन्द्र स्थापना गर्यो । विकासको पूर्वाधार विद्युत र यातायातको विकास भयो । गाउँबाट सहरसम्म ढुवानीको लागि समस्या भएन । संघले किसानको आवाजलाइ नेपाल सरकार सम्म पुर्याउने र नेपाल सरकार संग समन्वय गरी दुध बन्द हुने समस्यालाई समेत अन्त्य जस्तै गरेको छ । यो किसानको लागि खुशीको कुुरा पनि हो ।
 
सहकारीको माध्यमबाट दुध बिक्रिमा मात्र सरलता नभइ विभिन्न तालिम तथा ज्ञान सिपका कुरा पशु स्वास्थ्य तालिम लैङ्गिक समानता नेतृत्व विकास तालिम र सरल ऋणको सुबिधाहरुबाट पनि लाभान्वित रहेका छन । जुन सहकारीको सुरुवात पूर्व किसानले यस्तोे लाभ पाउन सकेका थिएनन् ।
किसान कृष्ण प्रसाद र सावित्रीले संघबाट प्रदान गरेको पशु स्वास्थ्य तालिम लिने अवसर प्राप्त गरेका थिए । जसबाट आफ्नो पशुमा कुन रोग कसरी लाग्छ र त्यसको उपचार कसरी गर्ने भन्ने थाहा पाए । सो सम्बन्धि विशेषज्ञ बाट तालिम प्राप्त गरेकोले घरमै प्राथमिक उपचार गर्न सकिने भन्दै खुशी र धन्यवाद व्यक्त गरेका छन । साथै प्रलयकारी महाभुकम्प २०७२ ले ठूलो क्षति पुगेको र संघबाट प्राप्त भएका गुणस्तरीय दुधको भाडाँवर्तन, जस्तापाता, तथा तरकारीको बिउ बिजनले त्यसबेला ठूलो सहयोग पुगेको बताए ।
 
त्यस्तै सहकारीका अर्का सदस्य राघिकाले संघबाट आयोजित अध्ययन अवोलाकन भ्रमणमा सहभागी हुने मौका पाइन । जसले आफ्नो पेशामा धेरै उपयोगी भएको र ज्ञान हासिल गरेको वताईन । साथै संघको सहयोगले पशु व्यवस्थापनको लागि टाट्नो सुधार समेत गरेको बताईन ।  
यस संस्थाका सदस्यहरुको भावी योजना धेरै छन । सावीत्री र कृष्ण प्रसादका हाल २ वटा भैसी छन । तर उनीहरु व्यवसायलाई वृद्धि गर्न चाहान्छन । व्यवसाय बृद्धि गर्न सर्वसुलभ ऋण पाए व्यवसाय बृद्धि गरी सफल किसान बन्ने भावी योजना रहेको छ । अर्का किसान राधिकाको भने छोराछोरी अध्ययनको लागी बजारमा आश्रीत भएको र उमेर ढल्केकोले भैसीपालन भन्दा तरकारी व्यवसाय गरी आयआर्जन गर्ने योजना रहेको छ । भैसीपालन मात्र आम्दानीको स्रोत नभइ तरकारी व्यवसायबाट पनि राम्रो आम्दानी हुने हुँदा संघले यस क्षेत्रमा पनि सहयोग गरोस भन्ने उनको अपेक्षा रहेको छ । अन्तत अर्का किसान ज्ञानेन्द्र र तुलसीकाे भने भैसी फार्म खोलेरै आफ्नो व्यवसाय वृद्धि गरी यसैमा निरन्तरता दिने साेच रहेकाे छ । यसका लागि स्वच्छ दुध उत्पादन तालिम, पशु स्वास्थ्य तालिम लिन इच्छुक रहेको पनि बताउँछन ।
 
यद्यपी समयको परिवर्तन सँगै समस्या र चुनौतीहरुलाई संघ मार्फत संस्थाहरुले व्यवस्थित गर्दै जाने हो भने सहकारीका सदस्य  सावित्री, कृष्ण प्रसाद, भुमिनन्द, राधिका, तुलसी र ज्ञानेन्द जस्ता थुप्रै किसानले व्यवसायबाट ठूलो फाइदा लिनेछन । यसका लागि सहकारी संघ र सहयोगी संस्थाहरु सधै सहयोगका लागि प्रतिवद्ध छन ।  
युनिटेरा स्वयंसेवक, क्यानडा
२४ जुलाई २०१८

 

Nepali

LDMPCU is proud to be affiliated with:


Lalitpur District Milk Producers Co-operative Union Ltd. (LDMPCU)

Chapagaun, Lalitpur, Nepal
Tel. No.: +977-01-5265157
Email: lalitpurdmpcu@gmail.com

social facebook box blueYouTube-logo-full color